बाँकेमा २५ किलो गाँजासहित एक जना पक्राउ
द नेपाल मिडिया
१८ मंसिर २०७७, बिहीबार १५:४५
१८ मंसिर, रौतहट । बाँकेमा २५ किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ यजरामपुरवा का ४५ वर्षीय धनिराम यादव रहेका प्रहरीले जानकारी दिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।