खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा, सिराहा १ बाट चुनाव उठ्ने

   ६ माघ २०८२, सोमबार ११:४९  

५ माघ, काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताए ।

‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ उनले भने।

उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि टिकट पाइनसकेको बताए। उनी हाल जनकपुरधाममा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनी सहभागी भएका हुन्।