कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न ६ दलको दाबी

   २० मंसिर २०८२, शुक्रबार १६:३६  

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलगायतका ६ दलले मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरेका छन् ।

६ दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएपछि कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र लोसपा नेपालले ७७ जना प्रदेश सभा सदस्यसहित दाबी पेश गरेका छन् ।

कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८ र नेकपा एसका ७ प्रदेश सदस्यको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि ६ दलका तर्फबाट दाबी पेश गरिएको हो ।