कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
द नेपाल मिडिया
२० मंसिर २०८२, शुक्रबार १६:०३
१९ मंसिर, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनभित्र सहमति भएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।






