काठमाडौँमा सुनका गहना लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

   १८ मंसिर २०७७, बिहीबार १३:४५  

१८ मंसिर, रौतहट । काठमाडौँमा सुनका गहना लुटपाट गरेको आरोपमा बुधबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको टोखा नगरपालिका ९ कुलान्त मार्गस्थित सडकबाट सुनको गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगाएत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।