प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध प्रदर्शन

   २५ कार्तिक २०८२, सोमबार ११:२७  

२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालय अगाडि आज राजनीतिक तनाव चुलिएको छ।

नेपाली कांग्रेस, जसपा र लोसपाका प्रदेश सांसद तथा कार्यकर्ताहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध प्रदर्शन गर्दै कार्यालयको बाहिरी संरचनामा क्षति पुर्‍याएका छन ।

विरोध प्रदर्शनका क्रममा कार्यालय अगाडिको सूचना बोर्ड र सजावटका केही गमला तोडफोड गरिएको छ। प्रदर्शनकारीहरूले प्रदेश प्रमुख भण्डारीको तत्काल राजीनामाको मागसहित घण्टौँ नाराबाजी गरेका छन ।

उक्त विवादको सुरु प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएपछि भएको हो। विपक्षी दलहरूले बहुमतको आधारबिना सरकार गठन गरिएको भन्दै आपत्ति जनाएका छन ।

प्रदर्शनका कारण कार्यालय परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।