लाल बकैया नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता

२७ भाद्र, रौतहट । रौतहटको ईशनाथ नगरपालिका-१ स्थित लाल बकैया नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नदीमा अचानक आएको बाढीको भेलले बगाएर स्थानीय १५ वर्षीय बिगन साह बेपत्ता भएका छन्। उनीसँगै बिहीबार दिउँसो पाँच जना किशोरहरू नदीमा नुहाउन गएका थिए।
बाढीको भेलले चार जना सकुशल निस्किन सफल भएपनि साह भने बेपत्ता भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए। बेपत्ता भएको किशोरको स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य भइरहे पनि हालसम्म फेला पार्न नसकेको डीएसपी कार्कीले बताए।