सर्लाहीमा बस र कार ठोक्किँदा कार चालकको मृत्यु

   १८ मंसिर २०७७, बिहीबार १२:५५  

१८ मंसिर, रौतहट । सर्लाहीमा बस र कार ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सर्लाहीको पूर्व- पश्चिम राजमार्गअन्तर्गत इश्वरपुर नगरपालिका १२ बाँके जैगलमा हिजो राति बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरी जिल्लाको मनरा नगरपालिका १ बस्ने नागेन्द्रकुमार सिंह रहेका हुन् ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको प्रदेश २-०२-००१-च ०३१९ नम्बरको कार दुर्घटना हुँदा कार चालक गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र यसबारे थप अनुसन्धान भइरहेको कुवँरले बताए ।