टिकटक बनाउने बहानामा बालकको हत्या

   १५ बैशाख २०८२, सोमबार ११:१५  

१५ बैशाख, रौतहट ।टिकटक बनाउने बहानामा एक बालकलाई घरबाट बोलाएर खोला किनारमा हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बैशाख ६ गतेको दिन रौतहटको वृन्दावन नगरपालिका वडा नंं ७ निवासी १४ वर्षिय बालक कृष्ण प्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षिय नागेन्द्र सहनीले बोलाएका थिए । दिउसो ४ बजे घरबाट द्यच्ण्छध्ण्ज्ञघठ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका वडा नं. ८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दीर नजिक पुगेपछि उनलाई २५ वर्षिय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षिय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई नियन्त्रणमा लिएर खोला तर्फ लगेका थिए ।

“पुरानो रिसिबिका कारण टिकटक बनाउने बहानामा बालकलाई बोलाएर छातीमा २ राउण्ड गोली हानेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “हत्या पश्चात दुवै जनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवति गाउपालिका ५ मा बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको छ ।”

उनीहरुले मोटरसाइकलको नम्बर प्लेट भाचेर माटोमा गाडेको र एक दिन पछि पुनः त्यो मोटरसाइकललाई गौर नगरपालिका वडा नम्बर ४ का बिकाश पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको उपरिक्षक घिमिरेले बताए । मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरुले गौरमा रहेको एक ग्यारेजमा सो मोटरसाइकल पु¥याएका थिए ।

“हामीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, सो को म्यागजिन र गोलि बरामद गरेका छौ भने मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेका छौं ।” उपरिक्षक घिमिरेले बताए ।

पक्राउ परेका चार जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।