श्रोत नखुलेको ५ लाख सहित भारतीय पक्राउ

   १२ कार्तिक २०८१, सोमबार १४:१३  

१२ कार्तिक, रौतहट । श्रोत नखुलेको नेपाली ५ लाख नगद सहित एक भारतीय नागरिकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नं. २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षिय त्रिभुवन चौधरीलाई ५ लाख रुपैया सहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ साईकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा श्रोत नखुलेको सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।

पक्राउ परेका चौधरीले रकमको श्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले बताए ।