सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

   ३० बैशाख २०८१, आईतवार ११:०९  

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारोबार भएको छ । शुक्रबार प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।