प्रदेश नं १ मा धान उत्पादनमा वृद्धि

   १८ मंसिर २०७७, बिहीबार ११:१३  

१८ मंसिर, रौतहट । प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर हो, भने यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यस वर्ष किसानले तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो भने १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन हुने निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठले जानकारी दिए । धानको उत्पादन हेरेर किसान उत्साहित छन् भने उचित मूल्य निर्धारण नभएका कारण किसानमा निराशा पनि देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।