बाँकेमा कोरोनाका कारण एक वृद्धको मृत्यु

   १८ मंसिर २०७७, बिहीबार १०:४१  

१८ मंसिर, रौतहट । बाँकेमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

कोहलपुरका ७४ वर्षीय वृद्ध पुरुषको आज बिहान करिब २ बजेको समयमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, भेरी अस्पतालमा पीसीआर परीक्षण गराउँदा मंसिर ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि, उपचारका लागि नेपालगञ्जमा भर्ना भएका वृद्धको मृत्यु भएको अस्पतालले जनाए ।

यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।