श्री एयरलाइन्सका सबै उडान आज स्थगित

   १७ असार २०८०, आईतवार ०९:४१  

१७ असार, काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले  प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।

शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।

सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ ।