बुटवलमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थमै मृत्यु
१७ मंसिर, रौतहट । ट्रकको ठक्करबाट बुटवलमा बुधबार स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज मध्यान्ह १२ बजेको समयमा लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्धर अगाडी राजमार्गमा भएको दुर्घटनामा बुटवल ८ बस्ने ४९ वर्षीय भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको हो ।
बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई सोही दिशामा आउँदै गरेको ना७ख १३३९ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जनाए ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले बताए ।