टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक ४६ वर्षीय पुरुषको मृत्यु

   १७ मंसिर २०७७, बुधबार ११:१६  

१७ मंसिर, रौतहट । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका १ मा से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एक ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाएते भएका बर्दीगोरीया गाउँपालिका ६ बस्ने ४६ वर्षीय रमेश बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए ।

गम्भीर घाइते भएका बिस्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्लो प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।