नेपालमा १३०४ संक्रमित थपिए, २०७३ जना कोरोनामुक्त
१६ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । जसमध्ये हाल नेपालमा १६ हजार ६ सय ३३ जना संक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाए ।
यस्तै, विगत २४ घण्टामा थप २ हजार ७३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।
यसैबीच बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप २१ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म संक्रमणबाट देशभर ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।