बुटवलमा कोरोनाका कारण थप एक महिलाको मृत्यु
१६ मंसिर, रौतहट । कपिल्वस्तुमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा कपिल्वस्तुको सिबराज नगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीया महिला रहेकी अस्पतालले जनाएको हो ।
यही मंसिर ६ गते कोरोना पुष्टि भएपछि, उनलाई सोही दिन उपचारका लगि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान बुटवल धागो कारखानामा रहेको अस्थाइ कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचारका साथै नियमित डायलासिस गराइरहेकी थिइन् ।
यससंगै कपिल्वस्तुमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।






