भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जना मृत्यु

   १६ मंसिर २०७७, मंगलवार १२:३०  

१६ मंसिर, रौतहट । सवारी दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भक्तपुरठिमी ९ बस्ने राजुु तामाङ रहेका भक्तपुर प्रहरीले जनाएको हो ।

बा. ७३ प ३८२ नम्बरको स्कुटर गएराति मध्यपुरथिमी नगरपालिका वडा नं. ४ एस.एस. चोक नजिकै ट्राफिक आइल्याण्डमा ठोक्किएको थियो ।

दुर्घटनाबाट घाइते भएका तामाङको उपचारका क्रममा राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।