कोरोनाबाट संक्रमित वृद्ध महिलाको मृत्यु

   १६ मंसिर २०७७, मंगलवार १२:११  

१६ मंसिर, रौतहट । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा झापाको दमककी बस्ने ८२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

यही मंसिर ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन वृद्धलाई उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाए ।

संक्रमित वृद्धमा मृर्गाैलासम्बन्धी रोग समेत रहेको अस्पातलले बताए ।