चक्कु प्रहार गरी युवकको हत्या

   १६ मंसिर २०७७, मंगलवार ११:४९  

१६ मंसिर, रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा गएराति चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।

वृन्दावन नगरपालिका वडा नं. ३ बस्ने १८ वर्षीय नन्दकिशोर रामलाई चककु प्रहार भएको थियो ।

मादक पदार्थ सेवन गरी सुरु भएको बातविवादमा रवि रामले उनलाई चक्कु प्रहार गरेका थिए । सामान्य बातविवाद पछि रविले नन्दकिशोरको कोखामा चक्कु प्रहार गरेको थिए ।

गम्भीर घाइते भएका निजको उपचारका लागि एपोलो अस्पताल चद्रन्पुरमा ल्याएपनि उपचारकै क्रममा करिब ९ः३० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले आरोपी रविराम चमार चमारलाई नियन्त्रणमा लिएको छ ।

रविरामलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन् ।

यस्तै, रौतहट जिल्लाको कटहरीया वडा नं. भसेडवाका संदिप यादवलाई कुटपिट गरी हत्या गरेर फरार भएका तेजनारायण दासलाई प्रहरीले पक्राउ गरिएको छ ।

आफ्नै गाउँमा जन्ती हेर्न आएको एक जनालाई कुटपिट गरी हत्या गरिएको आरोपमा निजलाई अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

दासलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रौतहट जिल्लो अदालतमा बुझाउने प्रहरीले जनाएको छ ।