नेपालमा थपिए १४७४ कोरोना संक्रमित, १९३१ जना कोरोनामुक्त
१५ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा १७ हजार ४ सय २३ जना संक्रिय संक्रमित रहेका छन् ।
यस्तै विगत २४ घण्टामा थप १ हजार ९ सय ३१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने देशभर हालसम्म कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप २९ जनाको मृत्यु भएको छ ।
यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।