नेपालको पहिलो कम्पनी वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय पुरस्कार

   १५ मंसिर २०७७, सोमबार १३:५०  

१५ मंसिर, रौतहट । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा) ले वर्ल्डलिंकलाई ‘मेरिट पुरस्कार’ प्रदान गरेको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्सले नेपालका विभिन्न भागलगायत कर्णाली प्रदेशजस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्‍याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन मेरिट पुरस्कार दिएको हो । मलेसियाको पेनाङमा आयोजित २०२० टेकफेस्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाइब्रिड कार्यक्रमको दोस्रो दिन कम्पनीलाई सम्मान गरियो ।

यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो ।