अब सबै व्यापारको जानकारी एउटै एप
१५ मंसिर, रौतहट । म्यारिन इन्जिनियरिङ सोलुसन नेपालमा छरिएर रहेका साना तथा मझौला व्यवसायीलाई एउटै एन्ड्रोइड एपभित्र समावेश गरी व्यवसायिक सफलताको लागि कार्य गर्ने घोषणा गरे अनुरुप यही मंसिर १० देखि रजिस्ट्रेशन अफर खुल्ला गरेको छ ।
ई-घर भनी नामाकरण गरिएको एन्ड्रोइड एप गुगल प्ले स्टोरमा रजिस्ट्रेशन अफरका लागि लञ्च भई सकेको म्यारिन इन्जिनियरिङ सोलुसनको निर्देशकले जानकारी गराएका छन् ।
दुई सयभन्दा बढी विभिन्न किसिमका व्यवसायको जानकारी र सेवा गराउने एपले ५० हजार व्यवसायीहरुलाई एउटै एपभित्र समेट्ने प्रयास गर्नेछ ।
व्यवसायको किसिम हेरी तीन सयदेखि एक हजारसम्म रजिस्ट्रेशन शुल्क व्यवसायीका लागि तोकिएको छ भने प्रयोगकर्ताले आवश्यक सामग्री, सर्भिस र समस्या अनुरुप आफ्नो लोकेशन वरपरका व्यवसायीसँग सिधा एपमार्फत सम्पर्क गर्न सक्नेछन् ।
रजिस्ट्रेशन अफरमा प्रत्येक क्याटेगोरीका प्रथम दुई रजिस्ट्रेशनलाई गोल्डेन क्लाइन्टले सम्मान र विशेष अफर प्रदान गरिनेछ भने बाँकी तीनलाई सिल्भर क्लाइन्टले सम्मान र विशेष अफर प्रदान गरिनेछ । साथै रजिस्ट्रेशन अफर भरी रजिस्ट्रेशन गर्नु हुनेलाई १५ प्रतिशत क्यासब्याक दिने घोषणा पनि जनाइएको छ ।
व्यवसायीले अब नेपालमा विज्ञापनका निम्ति लाखौं खर्च गर्न नपर्ने र व्यवसायीलाई प्रयोगकर्तामाझ सहजै जोड्ने प्रत्तिवद्धता कम्पनीले गरेको छ ।
व्यवसायिक मात्र नभई सेवा भावले चलेको जनाउँदै प्रहरी सम्पर्क स्थान, एम्बुलेन्स सेवालगायत सम्पर्क नम्बरविना रजिष्ट्रेशन एप मा उपलब्ध गराउने घोषण पनि कम्पनीको रहेको छ ।