वीरगंज बजारमा बैंक नजिकैबाट ८ लाख लुटेर फरार भएका एकजना पक्राउ
१५ मंसिर, रौतहट । वीरगंजको लिंकरोडस्थित माछापुछ्रे बैंक शाखा नजिकैबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले वीरगंज मास्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपैया लुटेर फरार भएका छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार व्यवसायी साहकोमा काम गर्ने कुन्दन पटेलले बैंकमा पैसा जम्मा गर्न गएको अवस्थामा मोटरसाइकलबाट आएकाहरुले पछाडीबाट झोला थुतेर नगद लिएर फरार भएको हो । आईतवार विहान साढे ११ बजेको समयमा लुटेराले पैसा लुटेर भागेको बताइएको छ ।
लुटेरा तथा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन् । प्रहरीले सिसिटिभि क्यामेराबाट हेर्दा पैसा लुटने घटनामा पैसा धनीका स्टाफको मिलोमत्तो हुन सक्ने भन्दै उसलाई हिरासत लिइएको छ । हाल पटेलसँग घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
व्यवसायी साहका स्टाफहरुकै सेटिङमा हुन्डीको पैसा लुटिएको हुन सक्ने प्रहरीको अशंका छ ।