बासघारीमा शव भेट्टियो
१५ मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक व्यक्तिको शव फेला परेको छ । माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुरमा ४५ वर्षिय पुरुषको शव फेला परेको हो ।
गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षिय दशै रामको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने संभावना रहेको प्रहरीको प्रारम्भीक अनुमान छ ।
घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक शिद्धि विक्रम शाहले बताए । मृतक रामको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर ल्याउने तथा घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको उपरिक्षक शाहले बताए ।