बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना घाइते
१५ मंसिर, रौतहट । मंगलसेनबाट धनगढीतर्फ जाने क्रममा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएको छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका ३ बस्ने १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएको हो ।
ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खस्दाँ दुर्घटना भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिए ।
चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिलेसम्म ७ जनालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।