हिमालयन बैंकको लाभांश घोषणा

   १५ मंसिर २०७७, सोमबार ११:२०  

१५ मंसिर, रौतहट । हिमालयन बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १४ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछिमात्र शेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ ।