धनगढीको उपचाररत एक संक्रमित वृद्धको मृत्यु

   १५ मंसिर २०७७, सोमबार ११:०३  

१५ मंसिर, रौतहट । धनगढीमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ४ बस्ने ७६ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि, यही मंसिर ८ गते उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकै दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि, भेन्टिलेटरमा राखेर उपचारका क्रममा सोमबार बिहान करिब ९ः३० बजेको समयमा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जनाए ।