कञ्चजपुरमा मोटरसाइकल ठोक्किदा प्रहरी हवल्दारको मृत्यु
१४ मंसिर, रौतहट । कञ्चनपुरको बेदकोट नगरपालिका–५ छम्फापुर नजिक आइतबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्लाको झलारीबाट महेन्द्रनगर आउँदै गरेका रामबहादुर विष्ट सवार लु १२ प ५१५ नम्बरको मोटरसाइकल र से १ क १४०६ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार विष्ट दोधारा–चादँनी झुलुङगे पुल प्रहरी चौकीमा कार्यरत थिए ।
ठक्कर दिने ट्रक र चालक यज्ञराज भट्ट प्रहरीको नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।