वीरगञ्जमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

   १४ मंसिर २०७७, आईतवार १३:०८  

१४ मंसिर, रौतहट । वीरगञ्जमा थप १६ जनमा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानहरुबाट संकलन भएर आएको ९६ जानको पीसीआर परीक्षण गर्दा १६ जनाको कोरोना रिपोर्ट पोजेटि आएको हो।

थपिएका संक्रमितहरु १० देखि ६४ वर्षसम्मका रहेको र उनीहरुको सिटी भ्यालु २१ देखि ३३ सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा.  अतुलेश कुमार चौरसियाले जानकारी दिए ।