छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ
१४ मंसिर, रौतहट । छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरीमा २ जना र झापामा ४ जना गरी लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्रा गरिएको प्रहरीले जनाएको हो ।
शनिवार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम र धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको टोलीले शनिवार राति सवा ७ बजे लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका–४ का २१ वर्षीय राजन माझी पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।