कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक ५० वर्षीय पुरुषको मृत्यु
द नेपाल मिडिया
१४ मंसिर २०७७, आईतवार १२:१७
१४ मंसिर, रौतहट । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको हो ।
छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताए ।