मोरङमा बसको ठक्करबाट एक जनाको मृत्यु
१४ मंसिर, रौतहट । मोरङमा यात्रुबाहक बसको ठक्करबाट मोटसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा आइतबार बिहान पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ ०१ ००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा करिब ८ बजेको समयमा ठक्कर दिँदा चाकलको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुन्दरहरैँचा ७ बस्ने ४० वर्षीय विजेस लिम्बू रहेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
दुर्घटनामा गम्भी घाइते भएका लिम्बूलाई विराटनगरको नोबेल शिक्ष्ँण अस्पतालमा उपचारका लागि ल्याइर्पुयाए पछि, उपभारका क्रममा नै ९ बजेको तिर मृत्यु भएको प्रहरीले बताए ।
प्रनि ढकालले ठक्कर दिने बस र चालक झापाको कनकाई–१ का बाबुलाल मुर्मुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।






