धरानमा थप एक संक्रमितको मृत्यु
१४ मंसिर, रौतहट । कोरोना संक्रमणका कारण धरानमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका २ बस्ने २२ वर्षीया युवतीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जनकपुर सिटी अस्पतालबाट रिफर भएर आएकी उनको उपचारकै क्रममा आइतबार बिहान करिब २ः५० बजेको समयमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।