दाङमा कोरोनाका कारण थप एक जनाले ज्यान गुमाए

   १३ मंसिर २०७७, शनिबार १४:२७  

१३ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणका मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ६६ वर्षीय पुरुष रहेका कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताए । उपचारका क्रममा शनिबार बिहान ती संक्रमित पुरुषको मृत्यु भएको छ ।

योसंगै हालसम्म जिल्लामा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्द्रले जानकारी दिए ।