रौतहटमा युवतीलाई गोली हानी हत्या गर्ने ५ जना पक्राउ
१३ मंसिर, रौतहट । रौतहटमा गत कार्तिक २६ गते एक युवतीलाई गोली हानी हत्या गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको माधव नारायण नगरपालिका ५ लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारी साह राति घरमा आमासंगै सुतिरहेकी अवस्थामा उनलाई गोली हानी हत्यामा संलग्न भएका ५ जनालाई शुक्रबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।
सुतेको अवस्थामा साहको टाउकोमा गोली लागेका कारण घटनास्थमै मृत्यु भएको थियो ।
रौतहट प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेका ५ जनालाई आइतबार सार्वजनिक गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७६ साल फागुनमा युवतीको सर्लाहीका रुपेश साहसंग विवाह भएपछि, सम्बन्ध विच्छेद समेत भएको प्रहरीले जनाएको छ ।