गुल्मीमा ढुंगाले लागेर एक ३६ वर्षीया महिलाको मृत्यु

   १३ मंसिर २०७७, शनिबार १२:१९  

१३ मंसिर, रौतहट । ढुंगाले लागेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका वडा नम्वर ३ बस्ने ३६ वर्षीया श्यामकुमारी मुखिया रहेकी प्रहरीले जनाएको हो ।

हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरी मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर उनका मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार पोष्टमार्टमका लागि जिल्ला अस्पताल शव लिएर आएका स्थानीय समाजसेवी बाबुलाल नेपालीका अनुसार मुखिया त्यस मोटरबाटो उपभोक्ता समितिकी सदस्य थिइन् ।

घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको प्रहरीले जनाएको छ ।