सुर्खेतबाट नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ

   १३ मंसिर २०७७, शनिबार ११:१९  

१३ मंसिर, रौतहट । सुर्खेतबाट प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेको छ ।

नक्कली प्रहरी बनेका कारण पक्राउ पर्नेमा वीरेन्द्रनगर ३ तातापानी का कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ४ कालीकोटका २८ वर्षीया विलबहादुर धामी रहेको प्रहरीले जनाएको हो ।

नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका धामीले प्रारम्भिक बयानमा आफू वन रक्षक भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।