कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

   १३ मंसिर २०७७, शनिबार १०:४८  

१३ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा गोरखामा एक जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, मंसिर ८ गते अस्पतालमा भर्ना भएकी गोरखा नगरपालिका ६ बस्ने ७५ वर्षीया वृद्धका पीसीआर परीक्षण गर्दा यही मंसिर ९ गते उनका कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । अस्पताल आउँदा उनमा स्वास्थ्य अवस्था निकै कमजोर र निमोनिया समते भएको ढकालले बताए ।

कोरोना पुष्टि भएपछि अस्पतालको आइसियूमा राखेर उपचारका क्रममा शुक्रबार करिब ८ः३० बजेको समयमा संक्रमित वृद्धका मृत्यु भएको ढकालले जनाए ।

यस्तै, बुटवल उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार गएराति करिब ११ः२५ बजेको समयमा मृत्यु भएको छ । उनमा यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएसंगै सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

त्यसैगरी, कपिलवस्तु गोरुसिंगे बस्ने ७४ वर्षीय पुरुषको पनि उपचारका क्रममा नै शुक्रबार गएराति करिब १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जनाएका हुन् ।

पीसीआर परीक्षण गराउँदा मंसिर ९ गते उनमा कोरोना संक्रमण पुष्टि भएसंगै सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको डा गौतमले बताए । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जानएका छन् ।