नेपालमा थपिए १७०३ कोरोना संक्रमित, १२३६ जना कोरोनामुक्त

   १२ मंसिर २०७७, शुक्रबार १६:५०  

१२ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ३ जनाको कोरोना रिपोर्ट आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ३ सय ४३ पुगेको छ ।

जसमध्ये हाल देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ३७ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा १ हजार २ सय २६ जनाले कोरोना संक्रमण जिथेर डिस्चार्ज भएको छन्, भने हालसम्म नेपालमा कोराना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

यससंगै हालसम्म नेपालमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।