बारामा ५ लाख नगदसहित १० जुवाडे पक्राउ

   १२ मंसिर २०७७, शुक्रबार १५:३२  

१२ मंसिर, रौतहट । बारामा १० जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति गोप्य सूचनाको आधारमा सिमरास्थित सिमरा पाराडाइज होटलमा छापामारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका २६ वर्षीय राज लामा, वडा नं ७ बस्ने ३० वर्षीय सुनिल श्रेष्ठ, ३४ वर्षीय अशोक लामा, ९ बस्ने ३८ वर्षीय सन्तोष श्रेष्ठ र जितपुरसिमरा उपमहानगरपालिका २ का ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, पक्राउ परेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

होटलबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ बरामद भएको मिश्रले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई जुवा मुद्दा अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको उनले बताए ।