चितवनमा कोरोनाा संक्रमणबाट थप एक जनाले ज्यान गुमाए
१२ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका १७ बस्ने ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यही मंसिर १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए ।
संक्रमण पुष्टि भएपछि, श्वास फेर्न गाह्रो हुदाँ बिहीबार राति उनलाई उपचारका लागि ल्याइए पनि अस्पतालमा आइपुग्नु पूर्व नै उनका मृत्यु भइसकेको लम्सालले बताए ।