१७ दिनकी सुतकेरी महिलाको कोरोनाका कारण विराटनगरमा मृत्यु
१२ मंसिर, रौतहट । मोरङमा कोरोना संक्रमणका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका १० बस्ने २५ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
श्वासप्रश्वारमा समस्या भएपछि, यही मंसिर १० गते उनलाई नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा नै १७ दिनकी सुतकेरी महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जनाएका छन् ।
शल्यक्रियामार्फत कार्तिक २५ गते छोरी जन्माएकी महिला र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो ।
तर, महिलाको श्वास फेर्न गाह्रो भएपछि, पीसीआर परीक्षण गराउँदा उनमा गत कार्तिक ३० गते उनमा कोरोना संक्रम्ण पुष्टि भएको दाहालले जानकारी दिए ।