वीरगञ्जमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

   १२ मंसिर २०७७, शुक्रबार ११:३४  

१२ मंसिर, रौतहट । वीरगञ्जमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

पर्साका विभिन्न ठाउँबाट संकलन गरिएर आएको ८५ जना स्वाब वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा जम्म १० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थपिएका संक्रमितहरुमध्ये पर्साका ६ जना र बाराका ४ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

थपिएका संक्रमतिहरु १७ वर्षदेखि ५२ वर्षसम्मका रहेका छन्, भने उनीहरुको सिटी भ्यालु १७ देखि ३३ सम्म रहेको छ ।