बिहीबार थप १६१४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

   ११ मंसिर २०७७, बिहीबार १६:३८  

११ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या १६ हजार ७ सय ९३ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टाम थप १ हजार ४ सय ३७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ, भने योसंगै आजसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।