कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाए
११ मंसिर, रौतहट । कोरोना संक्रमणबाट पोखरामा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण मृत्यु हुनेमा मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ बस्ने ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।
उपचारका क्रममा बुधबार राति करिब ९ः३० बजे समयमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । यही मंसिर ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका ७ बस्ने ८७ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बुत्रबार राति मृत्यु भएको डा. शर्माले बताए । स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पतालमा उनका पीसीआर परीक्षण गर्दा यही मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।