दुई जना मृत अवस्थामा फेला
द नेपाल मिडिया
११ मंसिर २०७७, बिहीबार १३:३८
११ मंसिर, रौतहट । काठमाडौँ र खोटाङ जिल्लामा गरी दुई जनाको शव फेला परेको छ
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२० रामघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–६ स्थित कुखुरेटार छेउ दुधकोशी नदीको भङगालोमा हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।