धरानमा बस्ने कोठाबाटै लागूऔषधको कारोबार गर्ने युवक पक्राउ

   ११ मंसिर २०७७, बिहीबार १२:०२  

११ मंसिर, रौतहट । धरानमा बस्ने कोठामै लागुऔषधको कारोबार तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कोठामै लागूऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयमा पुगेपछि, बुधबार बिहान करिब ८ः३० बजेको समयमा एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ स्थित आफ्नै घरकोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका ३३ वर्षीय रवि तामाङ (लामा)लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार लामालाई उनकै कोठाबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट DIALEX-DC 100 ml लेखिएको सिलप्याक बोतल १६ थान, खाली बोतल १ थान, spasmo-proxyvon plus लेखिएको ८४ वटा क्याप्सुल र Nitrosun 10 लेखिएको १४ वटा ट्याब्लेट बरामद भएको छ ।

लामालाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।