कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु

   ११ मंसिर २०७७, बिहीबार १०:३६  

११ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

गत कार्तिक १४ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि, उनलाई कार्तिक २८ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा नै आज बिहान करिब २ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
ती संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको डा. गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय १८ पुगेको छ ।